close

वर्षमा एकदिन खुल्ने तलेजु मन्दिरमा बिहानैदेखि भीड

वर्षमा एकदिन खुल्ने तलेजु मन्दिरमा बिहानैदेखि भीड

Trulli
ADVERTISEMENT

काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर आज सर्वसाधारणका लागि खुला गरिएको छ ।

वर्षमा एकदिन आज(महानवमीका दिन) मात्र सर्वसाधरणका लागि यो मन्दिर खुला गरिन्छ। देशकै इष्टदेवीका रुपमा रहेकी तलेजु भवानीको दर्शनका लागि उपत्यका वरपरबाट थुप्रै दर्शनार्थी हनुमानढोका पुग्ने गर्छन्।

तलेजु मन्दिरमा वर्षको ३६५ दिन नै नित्य पूजा हुन्छ। तलेजु भवानीको पूजाको लागि मात्रै बिहान ८ जना पूजारी खटिएका हुन्छन्। सबैको आ- आफ्नै भूमिका रहन्छ भने एक जनाको अनुपस्थितिमा पनि तलेजु भवानीको पूजा पूरा हुँदैन।

तलेजु भवानी मन्दिरमा बिहानैदेखि भीड लागेको छ । सर्वसाधारणलाई मन्दिर प्रवेशका लागि इन्द्रचोक र न्यूरोडतर्फबाट गरी दुईतिरबाट लाइन लगाइएको छ । 

यस क्षेत्रमा रहेका अन्य ऐतिहासिक भवन र मन्दिर राजा रत्न मल्लदेखि पृथ्वीवीरविक्रम शाहका पालासम्म निर्माण गरिएका हुन् । त्यस क्षेत्रमा अन्य महत्वपूर्ण स्मारकमा तलेजु मन्दिर, जगन्नाथ मन्दिर, शिवपार्वती मन्दिर, ठूलो घण्टा, कालभैरव, मैजुदेवल, कुमारीघर, वसन्तपुर दरबार, गद्दी बैठक, काष्ठमण्डप रहेका छन् ।

किंबदन्ती अनुसार राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्ने क्रममा कुदृष्टिले हेरेपछि तलेजु भवानी मन्दिरबाट हराएको थियो । । राजाले क्षमा माग्दै धेरै रोइकराइ गरेपछि तलेजुले वर्षको एक पटक महानवमीको दिन मात्र आउँछु भन्ने वचन दिएको किम्वदन्ती रहेको छ। त्यसैले महानवमीका दिन सर्वसाधरणका लागि समेत तलेजु भवानीको मन्दिर खुल्ला गर्ने परम्परा रहँदै आएको छ।