close

के छ, रानीपोखरीमा भाइटीका लगाउनुको शास्त्रीय मान्यता ?

के छ, रानीपोखरीमा भाइटीका लगाउनुको शास्त्रीय मान्यता ?

Trulli
ADVERTISEMENT

काठमाडौं । रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाउनेहरुको बाक्लो उपस्थिति रहेको छ । दिदीबहिनी नहुनेहरु टीका लागउन मन्दिरमा पुगेपछि भीड बढेको हो । 

तिहारको भाइटीकाको दिन दाजुभाइ नहुने दिदीबहिनीहरू टीका लगाउन यस स्थलमा पुग्ने गर्छन् । 

रानीपोखरी प्रताप मल्लको पालामा बनेको यस पोखरीमा रहेको मन्दिरमा भाइटीका कहिलेबाट सुरु भयो भन्ने आधिकारिक तथ्य छैन । यद्यपि विसं २०३५ पछि नियमितरुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न प्रमाण भेट्न सकिन्छ । 

छोराको शोकबाट भावविवहल भएकी श्रीमतीको चित्त बुझाउन राजा प्रताप मल्लले बनाएको पोखरीको निर्माण गरेका थिए । 

मन्दिरको बीचमा शिव लिङ्ग छ । भित्तामा हरिशङ्करीको मूर्ति छ । हरि भनेको विष्णु हुन् र उनको श्रीमती लक्ष्मी भइन् । अनि शङ्करी भनेको महादेव शङ्करको श्रीमती पार्वती हुन् । लक्ष्मी र पार्वतीको आधी–आधी मूर्ति रानीपोखरीमा छ ।

रानिपोखरीमा मूल मूर्तिचाहिँ विष्णुव्यूहको छ । अर्थात् विष्णुको चारमुख चारतिर लेखिएको छ । तर विष्णुव्यूह मूर्ति कसैले पनि भन्दैन । पछि त्यहाँ अन्य राजाले भित्तामा जगन्नाथको मूर्ति स्थापना गरेको पाइन्छ ।
हिन्दुहरुले उमा–महेश्वर भनेर महादेव र पार्वती आधी–आधी भएको मूर्ति पूजा गर्दे आएका छन् । लक्ष्मी–नारायण भनेर लक्ष्मी र नारायणको आधी–आधी मूर्ति पूजा गर्दन् । पुरुष र नारीका अर्ध नारिश्वर मूर्तिहरू थुप्रै भएको समय नारी–नारीको आधी–आधी मूर्ति भने रानिपोखरीमा मात्र भेटिन्छ ।

रानीपोखरीमा भाइटिकाको दिन टिका लगाउने मुख्य कारण हरिशङ्करीको मूर्ती हुनु हो । हरिशङ्करी भनेको नारी–नारीको आधी–आधी मूर्ति हो । हरि भनेका विष्णु देवता हुन् । विष्णुको श्रीमती लक्ष्मी हुन् । उता शंकरी भनेको शिवकी श्रीमती हुन् । त्यसकारण रानीपोखरीको बीच भागको मन्दिर भित्रको मुल मर्म लक्ष्मी र पार्वतीको पासमा रहेका भाइटिका लगाउनु हो ।