close

दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव सम्पन्न

दोस्रो गलकोट सांस्कृतिक तथा खेलकुद महोत्सव सम्पन्न

Trulli
ADVERTISEMENT

काठमाडौं । कृषि, पर्यटन, जलस्रोत, स्थानीय सिप र पुर्वाधार, समृद्ध गलकोट निर्माणको मूल आधार भन्ने मूल नाराका साथ असोज २८ गतेदेखि सञ्चालन गरिएको दोस्रो गलकोट साँस्कृतिक तथा खेलकुद महोत्सव २०७९ सम्पन्न भएको छ ।

महोत्सव मूल समारोहलाई सम्बोधन गर्दै गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्नुपर्ने बताएका छन् । 

उनले मेला तथा महोत्सव सञ्चालन गर्दा त्यसको उद्देश्य, औचित्यता र महोत्सवमा स्थानीय उत्पादन स्रोत र साधनको कसरी बजारीकरण गर्ने र आर्थिक समृद्विमा टेवा पुर्‍याउने भन्ने विषयमा ध्यान दिनुपर्नेमा जोड दिए ।

गलकोट महोत्सवले स्थानीय कला, संस्कृति, खेलकुद, कृषि र पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसासमेत गरे ।

महोत्सवमा अवसरमा आयोजना गरिएको पालिकास्तरीय पुरुष भलिबल प्रतियोगितामा नगद २ लाख ११ हजार १ सय ११ रुपैयाँ हात पार्दै गलकोट स्पोर्टस कल्व टोकियो जापान प्रथम र निसीखोला गाउँपालिका बागलुङ द्वितीय भएका छन् ।

भ्वाइस अफ गलकोटमा राहुल सुनार र गलकोट डान्स आईडलमा सुदिस्ना घर्तीमगर आईडलको उपाधि उचालेका छन् । आमा समूहस्तरीय रत्यौली गीत प्रतियोगितामा मिलन आमा समूह गलकोट नगरपालिका ३ प्रथम र नौबिसे आमा समूह गलकोट नगरपालिका ६ द्वितीय भएका छन् ।

त्यस्तै, माद्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा भैरव माद्यमिक विद्यालय गलकोट नगरपालिका ९ का सुरक्षा गौतम प्रथम र बराहखोला आधारभूत विद्यालय ताराखोला गाउँपालिका ३ का लिलाधर कडेँल द्वितीय भएका छन् ।

सामूहिक लोक नृत्य प्रतियोगितातर्फ गलकोट माद्यमिक विद्यालय गलकोट नगरपालिका ३ प्रथम र गोल्डेन फ्युचर सेकेण्डरी स्कुल गलकोट नगरपालिका ४ द्वितीय भएका छन् । 

महोत्सवको अवसरमा सहयोग गर्ने प्रायोजक,  सहयोगदाता, कलाकार, पत्रकारलाई सम्मान गरिएको थियो । त्यस्तै, महोत्सव अवधिभर राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरुको सांगितीक प्रस्तुति रहेको थियो । 

कार्यक्रम ड्रिम टिम गलकोटका अध्यक्ष रुपक पाण्डेको अध्यक्षता, संस्थाका सदस्य थम्मन थापा सन्देशको स्वागत तथा सञ्चारकर्मी घनश्याम गौतम र कलाकार उमादेवी खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

महोत्सवमा स्थानीय कला संस्कृति झल्किने नौमती बाजा, लाखेनाच, सामूहिक नाच प्रस्तुत गरिएको कार्यक्रम संयोजक होम थापाले जानकारी दिए ।