close

भण्डारीले गरिन् छठ पर्वको अवसरमा सूर्यको पूजाअर्चना

भण्डारीले गरिन् छठ पर्वको अवसरमा सूर्यको पूजाअर्चना

Trulli
ADVERTISEMENT

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले  छठ पर्वको अवसरमा सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आइतबार काठमाडौंस्थित कमलपोखरी पुगेर पूजाअर्चना गरेकी हुन् । 

यस्तै, आज आम सर्वसाधरणले छठ पर्वको अवसरमा  सूर्यलाई अर्घ्य दिई पूजा अर्चना गरेका छन् ।

 

देशका विभिन्न भागमा भव्यरूपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरी र कमलपोखरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै छठ घाट पनि सजाइएको थियो ।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानमा पनि सजाउने गरिन्छ ।

यहाँको साजसज्जा हेर्न पनि भक्तजनको भीड लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको वाग्मती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, विभिन्न स्थानका नक्खु खोला, विष्णुमती र वाग्मती नदी किनारमा छठ घाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठ घाटसँगै छठी माताको माटाको मूर्ति पनि निर्माण गरिएको छ ।

जहाँ अस्ताउँदो सूर्यसँगै छठी माताको पनि पूजा आराधना गरिन्छ ।