close

आज पुसे १५ सुदुरपच्मिमा हर्षोल्लासले मनाइँदै

आज पुसे १५ सुदुरपच्मिमा हर्षोल्लासले मनाइँदै

Trulli
ADVERTISEMENT

डोटी– सुदुरपश्चिममा हर्षोल्लासका साथ पुस १५ मनाइँदै आएको छ । पुष १५ मा एक आपसमा दन्त्य कथा सुन्ने र सुनाउने गरिन्छ । यो पर्व अर्थात् पुष १५ गते मनाइने भएकोले डोटेली लोक संस्कृतिमा पुसे १५ को रुपमा चर्चित रहेको छ ।

डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको पुस १५ गतेको रात वर्षभरी कै सबैभन्दा लामो रात भएको विश्वासमा मनाउने गरेको पाइन्छ । यो पर्वमा दिनमा भन्दा रातीको समयमा एक ठाउँमा भेला भएर गरिने गतिविधिलाई विशेष महत्वका रुपमा हेर्ने गरिन्छ ।

पुस १५ मा गाउँघर र टोल छिमेकको एक घरमा सबैजना भेला भइ आगो तापेर रातभरी कथा सुनेर बस्ने गरिन्छ, सोही समयमा तरुल, पिडालु, सखरखण्ड, फर्सी, उसिनेर खानुका साथै असिका, माणा, सेलपुरी, निसौसे, डोटेली खानामा मीठा मीठा परिकार पकाएर खाने गरिन्छ । यसकासाथै पाका बुढाबुढीबाट लोक कथा र दन्त्य कथा सुन्ने सुनाउने प्रचलन रहेको छ ।

पुस १५ मनाउन गाउँघर, टोलछिमेकबाट भेला भएकाहरुले दाउरा संकलन गरी रातभर आगो ताप्ने र एक आपसमा हाँसो, ठट्टाका साथै मनोरञ्जन गरी रात बिताउने चलन रहेको छ ।