close

सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण 

सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण 

Trulli
ADVERTISEMENT

धनगढी - सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट शनिबारसम्म परीक्षण गरिएका कोभिड–१९ का शंकास्पद ७६ हजार ५ सय २७ नमुनामध्ये ६ हजार ५ सय ९२ जनामा कोरोना पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएको नमुनाको आठ दशमलव ६१ प्रतिशत हो । 


प्रदेशमा निको हुने दर ८६ दशमलब ९३ प्रतिशत छ । आजसम्म कुल संक्रमितमध्ये ५ हजार ७ सय ३१ जना डिस्चार्ज भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशको कुल जनसंख्या २५ लाख ५२ हजार ५ सय १७ मध्ये अहिलेसम्म  २ दशमलव ९९ प्रतिशत अर्थात् ७६ हजार ५ सय २७ जनाको नमुना परीक्षण गरिएको छ ।


सेती प्रादेशिक अस्पताल धनगढी, डोटी र डडेलधुरा अस्पतालका प्रयोगशालामा कोभिड–१९ का शंकास्पद नमुनाको परीक्षण भइरहेको छ । बैतडी जिल्ला अस्पतालमा समेत गत बिहीबारबाट प्रयोगशाला सञ्चालनमा आएको छ । हालसम्म कोरोना संक्रमणबाट कारण कैलालीका सात, बझाङ र बाजुराका २/२ र अछाममा १ गरी १२ जनाको मृत्यु भएको छ ।