close

कर्णालीका सञ्चारगृहलाई प्रदेश सरकारको सहयोग 

कर्णालीका सञ्चारगृहलाई प्रदेश सरकारको सहयोग 

Trulli
ADVERTISEMENT

मुगु- कर्णाली प्रदेश सरकारले प्रदेशका १० वटै जिल्लाका सञ्चारगृहलाई १/१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

 

नेपाल पत्रकार महासंघ शाखा कार्यालय सुर्खेतको २५ औँ साधारणसभामा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले यस्तो घोषणा गरेका हुन् । 

 

कोरोना महामारीका कारण कर्णालीका सञ्चारगृह संकटमा परेकाले सहयोगस्वरूप कर्णाली प्रदेशभित्रका सबै स्थानीय एफएम रेडियो, केबुल टेलिभिजन र सिनेमा हललगायत मिडिया हाउसलाई १/१ लाख रुपैयाँ अनुदान उपलब्ध गराइने मन्त्री भण्डारीले बताए । 

 

साधारणसभामा विभिन्न जिल्लाका पत्रकारलाई विभिन्न विधामा सम्मान गरिएको थियो ।