close

प्रदेश १ सरकारले माग्यो प्रदेश विकास स्वयंसेवक

प्रदेश १ सरकारले माग्यो प्रदेश विकास स्वयंसेवक

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- प्रदेश १ सरकारले प्रदेश विकास स्वयंसेवक माग गर्न प्रदेशभरका सरोकारवालालाई निर्देशन दिएको छ ।


प्रदेश १ को सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न सरकारी निकाय, संघ-संस्थामा परिचालन हुने प्रदेश विकास स्वयंसेवक माग गर्न अनुरोध गरेको हो । 


प्रदेश विकास स्वयंसेवक परिचालन कार्यविधि, २०७५ बमोजिम प्रदेशभित्रका विभिन्न सरकारी निकाय, संघ-संस्थामा परिचालन हुने स्वयंसेवक आवश्यक पर्ने निकाय, संस्थाले विषयक्षेत्र, पदसमेत खुलाई माग गर्न अनुरोध गरिएको छ ।


स्वयंसेवक माग गर्ने सामुदायिक विद्यालयको हकमा विद्यालयको आईईएमआईएस रिपोर्ट २०७७ र स्थानीय तहको सिफारिसपत्रसमेत हुनुपर्ने मन्त्रालयले जनाएको छ ।