close

स्थानीय सरकारलाई प्रदेश मातहत ल्याउने 'मिथ्या हल्ला'

स्थानीय सरकारलाई प्रदेश मातहत ल्याउने 'मिथ्या हल्ला'

Trulli
ADVERTISEMENT

काठमाडौं- सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज सार्वजनिक गर्ने तयारी भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको छ । 


कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरु सम्मिलित कार्यदलले सरकारको साझा न्यूनतम कार्यक्रमको प्रतिवेदन तयार पारेर शीर्ष नेताहरुलाई बुझाइसकेको छ । 


साझा कार्यक्रममा मन्त्रीहरुको आचारसंहिता, सरकारका प्राथमिकता, संघीयता सुदृढीकरणलगायत विषयलाई समेटिएको छ । 


साझा कार्यक्रममा स्थानीय निकायलाई प्रदेश मातहत ल्याउन कार्यदलले सिफारिस गरेको भनी सार्वजनिक भएका समाचार सत्य नभएको कार्यदल संयोजक एवं कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले  स्पष्टीकरण दिएका छन् ।