close

लुम्बिनीमा नयाँ सरकार गठन आह्वान, मुख्यमन्त्रीमा कुलप्रसादकाे दावी

लुम्बिनीमा नयाँ सरकार गठन आह्वान, मुख्यमन्त्रीमा कुलप्रसादकाे दावी

Trulli
ADVERTISEMENT

रुपन्देही- शंकर पोखरेलले मुख्यमन्त्रीको पदबाट राजीनामा  दिएसँगै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशका नयाँ मुख्यमन्त्री चयन हुने भएका छन् ।

 

प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आव्हान गरिसकेका छन् ।  आज सूचना जारी गर्दै २४ घण्टाभित्र सरकार गठनका लागि दललाई आव्हान गरेपछि नयाँ सरकार गठनकाे गृहकार्य सुरु भएकाे हाे । विपक्षी गठवन्धनका दलहरु सरकार गठनकाे सकरतमा जुटिसकेका छन् ।  विपक्षी गठवन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।


प्रदेशसभामा हाल ८० सांसद बहाल रहेकोमा बहुमतका लागि ४१ सिट आवश्यक हुन्छ । तर, सत्तारुढ दल एमालेसँग अहिले ३८ सांसद मात्रै छन् । विपक्षी गठवन्धनसँग कांग्रेसका १९, माओवादीका १८, जसपाका ३ र जनमोर्चाका १ गरी ४१ सांसद छन् । विपक्षी गठबन्धनले माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरिसकेका छन् । यसअघि उनी नेकपाको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।