close

युवालाई कृषि उद्यम गर्न अनुदान दिँदै प्रदेश १ सरकार

युवालाई कृषि उद्यम गर्न अनुदान दिँदै प्रदेश १ सरकार

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- चक्लाबन्दी खेती प्रवर्द्धन र बेरोजगार प्राविधिकलाई व्यावसायिक कृषि उद्यम विकासका लागि प्रदेश १ सरकारले आवेदन माग गरेको छ । प्रदेश १ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विभिन्न ४ वटा क्षेत्रमा प्रस्ताव पेस गर्न आह्वान गरेको हो ।


मन्त्रालयले कृषक समूह, कृषि सहकारी संस्था, निजी कम्पनी र कृषकलाई ३५ लाख रुपैयाँसम्म अनुदान दिने गरी चक्लाबन्दी खेती प्रवद्र्धनका लागि प्रस्ताव पेस गर्न भनेको छ ।

 

यस्तै, कृषक समूह, कृषि सहकारी संस्था, निजी कम्पनी र कृषकलाइ च्याउ र मौरीको स्रोत केन्द्र स्थापना तथा नमुना कृषि फार्म स्थापनाका लागि प्रत्येकमा १५/१५ लाख रुपैयाँसम्म अनुदान दिने गरी प्रस्ताव आह्वान गरेको छ । 


चक्लाबन्दी, स्रोत केन्द्र र नमुना कृषि फार्म ३ वटै कार्यका लागि ७५ प्रतिशत अनुदान दिन लागिएको मन्त्रालयले जनाएको छ । बेरोजगार प्राविधिकलाई व्यावसायिक कृषि उद्यम विकास कार्यका लागि प्रस्तावमा आधारित रहेर ७५ प्रतिशत अनुदान दिइने भएको छ ।


यो अनुदान ५ लाख रुपैयाँको हुने र कृषि विषयमा कम्तीमा प्राविधिक एसएलसी वा मान्यता प्राप्त शिक्षण संस्थाबाट कृषि विषय अध्ययन गरी बेरोजगार युवाले आवेदन दिन सक्नेसमेत प्रदेश १ सरकारले जनाएको छ ।

 

आवेदनका साथ संलग्न गर्नुपर्ने कागजातसहितका प्रक्रिया बुुझ्न कृषि निर्देशनालय विराटनगर, कृषि ज्ञान केन्द्र पाँचथर, इलाम, झापा, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा खोटाङ, उदयपुर र सोलुखुम्बुमा सक्पर्क गर्न सकिनेछ ।


मन्त्रालयका अनुसार सम्पर्क केन्द्र ताप्लेजुङ, तेह्रथुम र मोरङमा सम्पर्क गर्न सकिनेसमेत मन्त्रालयले जनाएको छ । आवेदकले भदौ मसान्तसम्म आवेदन दिइसक्नुपर्ने र आवश्यक प्रक्रिया एवं कागजात पेस गर्नुपर्नेछ ।