close

लुम्बिनी प्रदेशसभामा एमालेबाट रोस्ट्रम घेराउ 

लुम्बिनी प्रदेशसभामा एमालेबाट रोस्ट्रम घेराउ 

Trulli
ADVERTISEMENT

रूपन्देही- लुम्बिनी प्रदेशसभामा प्रमुख प्रतिपक्षी नेकपा एमालेले बुधबार पनि लुम्बिनी प्रदेशसभामा सदनको कारबाही अघि बढाउन अवरोध गरेको छ । दुई सांसदमाथि कारबाही पूरा नगरी संसद् चलाउन खोजेपछि एमाले सांसदले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन् ।


पार्टीले कारबाही गरेका दुई सांसद पद खारेजीको सूचना जारी नहुँदासम्म संसद् चल्न नदिने एमालेले बताउँदै आएको छ । मंगलबार मात्र एमालेले पार्टीले कारबाही गरेका प्रदेशसभा सदस्य अजय शाही र विमला वलीलाई पदमुक्त गर्न संसद् सचिवालयमा निवेदन दर्ता गराएको थियो ।


लुम्बिनीमा सत्तापक्ष र प्रतिपक्षबीच भएको छलफल सहमतिमा नपुगी सकिएको छ । प्रतिपक्षी एमालेले कारबाही गरेर पदमुक्त गर्न सिफारिस गरेका दुई सांसदलाई पदमुक्त नगरेको भन्दै सदन चल्न नदिने अडान राखेपछि मुख्यमन्त्री कुलप्रसाद केसीले बैठक डाकेका थिए ।


एमालेले सूर्य चिह्नबाट चुनाव जितेका सांसदद्वय शाही र ओलीमाथि कारबाही गर्न सभामुखसमक्ष पत्र बुझाएको थियो । सभामुखले दुई सांसदबारे विवाद भएको र निर्वाचित भएपछिको अवस्था बुझेर कारबाही अघि बढाउने भन्दै पदमुक्त गरेका छैनन् । 


दुवै पक्षबीचको छलफलमा सांसद शाहीको कारबाहीलाई अघि बढाउन सभामुखलाई अनुरोध गर्न सत्तापक्ष सहमत भए पनि ओलीको विषयमा सहमति नजनाएपछि बैठक निचोडमा नपुगी सकिएको एमाले सांसद बैजनाथ चौधरीले जानकारी दिए ।


उनले शाहीको कारबाही प्रक्रिया अघि बढाउने भन्नेमा सहमति जुटे पनि ओलीको विषयमा सहमति नहुँदा बैठकमा सहमति जुट्न नसकेको बताए ।


सत्तारुढ कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले प्रतिपक्षी एमालेसँग भएको छलफल जारी रहने बताए । दुई सांसद पदमुक्त गर्ने विषयमा एमालेले अडान राखेको र छलफलमा सहमति नजुटेको उनको भनाइ छ ।