close

जसपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा रूपन्देहीकी निर्मला निर्वाचित 

जसपाबाट लुम्बिनी प्रदेशसभा सदस्यमा रूपन्देहीकी निर्मला निर्वाचित 

Trulli
ADVERTISEMENT

रूपन्देही–लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) ले रिक्त प्रदेशसभा सदस्यमा रूपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित भएकी छन् । जसपा नेपालका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साललाई कारबाही गरेपछि रिक्त पदमा समानुपातिक मधेसी समावेशी समूहबाट निर्मला निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ ।


आयोगका सचिव सुरेश अधिकारीले लुम्बिनी प्रदेशसभा सचिवालयलाई पत्र पठाउँदै निर्मला निर्वाचित भएको जानकारी गराएका छन् । ३२ साउनमा जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णयअनुसार बन्दसूची उम्मेदवारमध्येबाट निर्मलालाई आयोगको १० भदौको बैठकले रिक्त पदमा निर्वाचित गरेको पत्रमा उल्लेख छ । 


जसपाले शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादवलाई कारबाही प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो ।


कल्पनालाई कारबाही गरेसँगै निर्मलाको नाम बन्दसूचीमा थियो । सोहीअनुसार जसपाले निर्वाचन आयोगमा सिफारिस गरेको थियो ।
उक्त सिफारिसअनुसार आयोगले निर्मला निर्वाचित भएको घोषणा गरिसकेको जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले बताए । क साताभित्र निर्मलाले सपथ लिने उनले जानकारी दिए ।