close

प्रदेशभरका स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउँछौँ : सामाजिक विकासमन्त्री साम्सोहाङ

प्रदेशभरका स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउँछौँ : सामाजिक विकासमन्त्री साम्सोहाङ

Trulli
ADVERTISEMENT

ताप्लेजुङ– प्रदेश १ का सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्यकालभित्र     प्रदेशभरका स्वास्थ्य संस्थालाई मानव संसाधन र पूर्वाधारयुक्त बनाउने लक्ष्य रहेको बताएका छन् । 


प्रदेशभरका सबै अस्पतालमा न्यूनतम् सुविधा पु¥याउने लक्ष्य रहेकाले कार्यभार सम्हालेकै दिनबाट ध्यान केन्द्रित गरेको उनको दाबी छ । प्रदेश मन्त्री भएपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ आएका साम्सोहाङलाई ताप्लेजुङ अस्पताल विकास समितिले स्वागत गरेको छ । कार्यक्रममा साम्सोहाङले कम्तीमा दुर्गम र विकट जिल्लाका अस्पताललाई १–१ थान एम्बुलेन्स र शव वाहन छिट्टै उपलब्ध गराइने जानकारी दिए । 

 

मन्त्री साम्सोहाङले कार्यभार लिएको पहिलो दिनमा प्रदेशभरिका दुर्गम र विकट जिल्लाका अस्पताललाई १–१ थान एम्बुलेन्स र शव वाहन व्यवस्था गरिने निर्णय गरेका थिए । ‘ताप्लेजुङबाट सरकारमा सामेल भएका मन्त्रीहरूको कार्यकाल धेरै लामो जान सकेको छैन,’ उनले आफ्नो कार्यकालमाथि पनि संशय जनाए ।

 

ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. अनिता वाइवा, स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ताप्लेजुङका निमित्त प्रमुख टेकनाथ अर्याल, ताप्लेजुङ अस्पतालका नर्सिङ निरीक्षक विजया राई, अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष रेशा लिम्बूलगायतले मानव संसाधन, पूर्वाधार, सेवा–सुविधा र बिमाबापतको रकम उपलब्ध गराइदिन मन्त्री साम्सोहाङलाई आग्रह गरे ।

 

अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले सामाजिक विकासमन्त्री अस्पतालको स्तरोन्नति, भौतिक पूर्वाधार व्यवस्थापनसहितका विषयमा जानकारी गराए । कार्यक्रममा प्रदेश सांसद होमकुमारी साँवालगायतको उपस्थिति थियो ।