close

निर्मलाले लिइन् प्रदेशसभा सदस्यको सपथ

निर्मलाले लिइन् प्रदेशसभा सदस्यको सपथ

Trulli
ADVERTISEMENT

रूपन्देही– जनता समाजवादी पार्टी (जसपा) को समानुपातिक तर्फबाट मनोनयनमा परेकी लुम्बिनी प्रदेशसभा सदस्य निर्मला मुडभरी भट्टराईले प्रदेशसभा सदस्यको सपथ लिएकी छिन् ।


लुम्बिनी प्रदेशसभा सचिवालयमा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा सदस्य भट्टराईलाई सपथ गराए हुन् । पार्टी ह्वीप उल्लंघन गरेको अभियोगमा कल्पना पाण्डे जसपाको कारबाहीमा परेपछि रिक्त सदस्यमा भट्टराईलाई पठाउने निर्णय गरेको थियो ।