close

विकास माग्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री देउवा

विकास माग्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले भेटे प्रधानमन्त्री देउवा

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दुई दिने काठमाडौं भ्रमणमा प्रधानमन्त्री शेरबहादुर देउवा एवं राजनीतिक उच्च नेतृत्वसँग भेटघाट गरेका छन् । प्रदेशको समृद्धिका लागि प्रधानमन्त्री एवं उच्च राजनीतिक नेतृत्वसँग छलफल गरेको उनले बताए ।


मुख्यमन्त्री केसीले प्रधानमन्त्री देउवा एवं राजनीतिक उच्च नेतृत्व तहको भेटघाटले लुम्बिनीको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । मुख्यमन्त्रीले केसीले भने, ‘सरकारले प्रदेशबासीको हित हुने गरी ल्याउन लागेको बजेटबारे केन्द्र सरकारसँग छलफल गरिएको छ । केन्द्रीय योजनालाई लुम्बिनी प्रदेशमा प्राथमिकता दिन आग्रह गरेँ ।’ 


लुम्बिनी देशकै नमुना प्रदेश बनाउन लागिरहेको र केन्द्र सरकारसँग विकास माग गरेको बताउँदै मख्यमन्त्री केसीले प्रधानमन्त्री देउवाले प्रदेश सरकारको नीति तथा योजनालाई सफल बनाउन सहयोग गर्न सकारात्मक रहेको जानकारी दिए । 


समृद्धि लुम्बिनी प्रदेश निर्माणका लागि उच्च राजनीतिक नेतृत्वलाई मनाएर मन्त्रिपरिषद् गठन र प्रदेशको बजेट तथा कार्यक्रमबारे छलफल भएको उनको भनाइ छ ।


प्रदेश सरकारले यो वर्ष शिक्षा, स्वास्थ्य र रोजगारलाई प्राथमिकतामा राख्ने गरी नीति, योजना तर्जुमा गर्न लागेको जानकारी गराएको उनले बताए । मुख्यमन्त्री केसीले प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतसँग भेट गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विकले जानकारी दिए ।