close

प्रदेश १ लाई किराँत प्रदेश नामकरण गर्नुपर्ने माग

प्रदेश १ लाई किराँत प्रदेश नामकरण गर्नुपर्ने माग

Trulli
ADVERTISEMENT

काठमाडौं– प्रदेश १ लाई ‘किराँत प्रदेश’ नामकरण गर्नुपर्ने किराँत राई अन्तर्राष्ट्रिय समन्वय समितिले माग गरेको छ । किराँत राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त विषयको माग गरिएको हो 

 

गत कात्तिक २५ गतेदेखि यही मङ्सिर ९ गते सम्पन्न हुन लागेको नेपालको १२औँ राष्ट्रिय जनगणनामा बाम्बुले समुदायको कोड नं ४३ को मूल प्रश्नलाई विभागले त्रुटि गरी याम्बुले र दुमीलाई डुमी बनाएको भन्दै उक्त गल्तीलाई तत्काल सच्याउन पनि सरकारसमक्ष माग गरिएको महासचिव दिवस राईले जानकारी दिए । 

 

त्यसैगरी जननायक रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न र किराँत विश्वविद्यालय स्थापना गर्नुपर्ने पनि घोषणापत्रमार्फत माग गरिएको छ ।    

 

भौतिक विकासका नाममा ऐतिहासिक सांस्कृतिक महत्व बोकेको किराँत राई जातिको सम्पदा रहेको गढी, किल्ला, दरबारमाथि हुँदै आएको अतिक्रमण बन्द गर्न र तिनीहरुको संरक्षणका लागि तत्काल पहल गरिनुपर्ने भनिएको छ ।  

 

किराँत राई जातिको महान चाड साकेलाउभौली÷उद्यौलीमा देशव्यापीरूपमा कम्तीमा पाँच दिन र आदिवासीले मान्ने सबै राष्ट्रिय चाडमा अन्य राष्ट्रिय चाडपर्वसरह सार्वजनिक बिदा गर्न पनि माग गरिएको छ । 

 

समितिको आयोजनामा सम्मेलन गत कात्तिक २७, २८ र २९ गते काठमाडौँमा भएको थियो । सम्मेलनमा नेपालसहित १४ देशका प्रतिनिधिको सहभागिता रहेको थियो । सम्मेलनमा १६ बुँदे घोषणापत्र जारी गरिएको थियो ।