close

मुक्त कमलरीको छात्रवृत्तिका लागि १५ लाख छुट्याइयो

मुक्त कमलरीको छात्रवृत्तिका लागि १५ लाख छुट्याइयो

Trulli
ADVERTISEMENT

दाङ– दाङको लमहीस्थित मुक्त कमलरीको छात्रवृत्तिका लागि लुम्बिनी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेटको व्यवस्था गरेको छ ।यसअघि सरकारले छात्रवृत्ति व्यवस्था नगर्दा मुक्त कमलरीको पठनपाठनमा समस्या हुने गरेको थियो । लुम्बिनी प्रदेश सरकारले सो बजेट व्यवस्था गरेको सरकारका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित चौधरीले बताए ।

 

यसअघि सरकारले दिँदै आएको छात्रवृत्ति कटौती गर्दा विद्यार्थीलाई पढाइ छाड्ने अवस्था आएको थियो । तीनै तहका सरकारबीचमा समन्वय नहुँदा यस्तो समस्या आएको थारु अगुवा माधवराज चौधरीले बताए ।

 

अब भने प्रदेश सरकारले बजेट छुट्याएपछि केही सहज हुने उनको भनाइ थियो । अहिले सोही छात्रवासमा ४६ पूर्वकमलरीले अध्ययन गरिरहेका छन् ।