close

राष्ट्रिय सभा सदस्य निर्वाचन : लुम्बिनीमा गठबन्धनबाट ३ जनाको उम्मेदवारी 

राष्ट्रिय सभा सदस्य निर्वाचन : लुम्बिनीमा गठबन्धनबाट ३ जनाको उम्मेदवारी 

Trulli
ADVERTISEMENT

रूपन्देही–राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनबाट ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रूपन्देहीका तुलप्रसाद विश्वकर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।

 

 

लुम्बिनी प्रदेशमा महिला, दलित र अन्य समुदाय गरी ३ रिक्त पदका लागि निर्वाचन हुँदै छ । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी १२ माघलाई तय गरिएको छ । लुम्बिनी प्रदेशमा प्रदेशसभा सदस्य ८१ र स्थानीय तहका प्रमुख ÷उपप्रमुख २१५ गरी २९६ मतदाता छन् ।