close

मधेश प्रदेशमा सबैभन्दा बढी जनसंख्या 

मधेश प्रदेशमा सबैभन्दा बढी जनसंख्या 

Trulli
ADVERTISEMENT

काठमाडौँ — नेपालको जनगणना २०७८ अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै जनसंख्या हुने प्रदेश भएको छ ।तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार मधेश प्रदेशको जनसंख्या ६१ लाख २६ हजार २८८ पुगेको छ । त्यसपछि वाग्मती प्रदेश सबैभन्दा धेरै जनसंख्या प्रदेशको सूचीमा दोस्रो नम्बरमा परेको छ । वाग्मतीको कुल जनसंख्या ६० लाख ८४ हजार ४२ रहेको विभागले जनाएको हो ।

 

त्यस्तै सबैभन्दा कम जनसंख्या हुनेमा कर्णाली प्रदेश परेको छ । कर्णाली प्रदेशको जनसंख्या १६ लाख ९४ हजार ८ सय ८९ रहेको विभागले जनाएको हो ।

 

यसअघिको जनगणनामा कर्णालीको जनसंख्या १५ लाख ७० हजार ४ सय १८ थियो । यसैगरी कर्णालीको जनसंख्या वृद्धिदर ०।७६ रहेको तथ्यांक विभागले उल्लेख गरेको छ । जनगणना हरेक १० वर्षमा गर्ने गरिन्छ ।