close

लुम्बिनीका मुख्यमन्त्री भन्छन् : केन्द्रको निर्णय अनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ 

लुम्बिनीका मुख्यमन्त्री भन्छन् : केन्द्रको निर्णय अनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ 

Trulli
ADVERTISEMENT

रोल्पा– लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताएका छन् । शुक्रबार पत्रकारसँग कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पारेका हुन् । 

 

‘केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो’, उनले भने । गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उनको भनाइ थियो। नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिए । 

 

राष्ट्रियसभा निर्वाचनका लागि दाङ हुँदै गृहजिल्ला रोल्पा आएका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका–७ दारबोटमा निर्मित प्रहरी चौकी भवनको समेत उद्घाटन गरे ।