close

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार

Trulli
ADVERTISEMENT

मोरङ–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । ७ मन्त्रालय फुटाएर १४ मन्त्रालय बनाउँदै राईले सत्तारुढ गठबन्धनका दललाई समेटेर आइतबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । राईले भागबन्डा मिलाउन ८ मन्त्री थपेका हुन् ।


राई नेतृत्वको मन्त्रिपरिषद्मा इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजनामन्त्री छन् । उनी यसअघि नै मन्त्री थिए । हिमाल कार्की सडक पूर्वाधार तथा सहरी विकासमन्त्री भएका छन् भने केदार कार्की आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् । उनीहरू पनि यसअघि नै मन्त्री भइसकेका थिए ।


स्वास्थ्यमन्त्रीमा जयराम यादव, खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई नियुक्त भएका छन् । राजन राई सामाजिक विकासमन्त्री, खिनुलङवा लिम्बू पर्यटन तथा संस्कृतिमन्त्री भएकी छन् । झलकबहादुर मगर कृषिमन्त्री र शेखरचन्द्र थापा वन वातावरण तथा भू–संरक्षणमन्त्री भएका छन् ।

 

ओमप्रकाश सरावगी उद्योग, श्रम तथा रोजगारमन्त्री र प्रतापप्रकाश हाङगाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री भएका छन् । मुख्यमन्त्री राईले उपेन्द्रप्रसाद घिमिरेलाई यातायात व्यवस्था तथा सञ्चारमन्त्री र विष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।