close

छाप र लेटरप्याडलाई एकरूप बनाउँदै बागमती सरकार

छाप र लेटरप्याडलाई एकरूप बनाउँदै बागमती सरकार

Trulli
ADVERTISEMENT

काठमाडौं–बागमती प्रदेश सरकारले आफूअन्तर्गतका मन्त्रालय, निकाय र कार्यालयको छाप तथा लेटर प्याड समान बनाउने भएको छ । प्रदेश सरकारले १७ माघमा राजपत्रमा सूचना प्रकाशन गरी सबै निकायमा छाप र लेटर प्याडको एकरूपता कायम गर्ने गरी मापदण्ड तोकेको हो । यसअघि प्रदेशका विभिन्न निकायबाट हुने काममा छाप र लेटरप्याडमा एकरूपता नभएको पाइएपछि यस्तो निर्णय गरिएको बागमती प्रदेश सरकारका सचिव रुद्रसिंह तामाङले जानकारी दिए ।

 

बागमती प्रदेश सरकारअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरेको छ । लेटर प्याडमा नेपालीमा कालीमाटी फन्ट बोल्ड गर्ने, लेटर प्याडको माथिल्लोमा देखिने बागमती प्रदेश फन्टको साइज १६ र त्यसपछिको मन्त्रालयको नामको फन्ट २४ मा हुनुपर्ने, अन्य सम्बन्धित ठेगानाको फन्ट साइज १४ हुनुपर्ने, चलानी नम्बर र मितिको फन्ट ११ हुनुपर्ने र अन्तिममा फोन नम्बर, इमेल ठेगानाको फन्ट साइज १० हुनुपर्ने सूचनामा उल्लेख छ ।

 

लेटर प्याडको अंग्रेजीमा टाइम्स न्यु रोमन फन्ट बोल्ड गरेर प्रयोग गर्ने निर्णय गरेको छ । सरकारले सूचना जारी गर्दै छापको नमुना सार्वजनिक गरेको छ । सूचना प्रकाशनसँगै यसअघि २८ माघ ०७६ मा प्रकाशित सूचनालाई खारेज गरेको छ ।