close

प्रदेश १ मा २ कार्यालय खारेज, ८ समायोजन

प्रदेश १ मा २ कार्यालय खारेज, ८ समायोजन

Trulli
ADVERTISEMENT

विराटनगर– प्रदेश १ सरकारले २ कार्यालय खारेज गरेको छ भने ८ वटा कार्यालयलाई समायोजन गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले कोसी रिफ्रेसमेन्ट सेन्टर र प्रादेशिक विशेष सडक आयोजना कार्यालय खारेज गरेको आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिए ।

 

ती कार्यालयले सञ्चालन गर्ने परियोजना अब सम्बन्धित मन्त्रालय मातहत रहनेछन् । प्रशासनिक खर्च कटौती गर्न २ कार्यालय खारेज गरेको बताउँदै उनले समान उद्देश्य भएका ८ वटा कार्यालय समायोजन गरिएको जानकारी दिए ।

 

उनका अनुसार यातायात व्यवस्था निर्देशनालयलाई यातायात व्यवस्था तथा सञ्चार मन्त्रालयमा समायोजन गरिएको छ । स्वास्थ्य तालिम केन्द्र धनकुटालाई स्वास्थ्य निर्देशनालय धनकुटामा समायोजन गरिएको छ । रेशम प्रशोधन कार्यक्रम इटहरीलाई कृषि ज्ञान केन्द्र सुनसरीमा गाभिएको छ । इलामको जौबारीमा रहेको बागवनी केन्द्रलाई इलामको कृषि ज्ञान केन्द्रमा समायोजन गरिएको छ ।

 

यस्तै, सोलुखुम्बुको फाप्लुमा रहेको बागवानी केन्द्रलाई सोलुखुम्बुकै कृषि ज्ञान केन्द्रमा समायोजन गरिएको मन्त्री आङ्बोले जानकारी दिए । सहकारी रजिस्ट्रार कार्यालय इटहरीलाई सहकारी शिक्षालय इनरुवामा र माटो तथा मल परीक्षण प्रयोगशाला सुरुंगालालाई कृषि ज्ञान केन्द्र झापामा समायोजन गरिएको छ । प्रदेश सरकारले प्रदेशमा ३ वटा कृषि ज्ञान केन्द्र थपेर १४ पु¥याएको छ ।