close

प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी सरकार

प्रदेश स्थापना दिवस मनाउँदै लुम्बिनी सरकार

Trulli
ADVERTISEMENT

रूपन्देही– लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस मनाउने भएको छ । सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म यो दिवस मनाउने भएको हो ।

 

प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार १–३ फागुनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको हो । प्रदेशको राजधानी दाङ तोकिएकाले सोही स्थानमा तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउन लागिएको
हो । 

 

कोभिड संक्रमण जोखिम कायम रहेकाले स्वास्थ्य मापदण्डको पालना गर्दै प्रतीकात्मक रूपमा स्थापना दिवस मनाउने गरी प्रदेश सरकारले योजना बनाएको मन्त्री शर्माले जानकारी दिए ।