close

सभामुखद्वारा ५ विधेयक प्रमाणित

सभामुखद्वारा ५ विधेयक प्रमाणित

Trulli
ADVERTISEMENT

काठमाडौं ।  सभामुख अग्निप्रसाद सापकोटा संघीय संसद्का दुवै सदनबाट पारित विभिन्न विधेयक प्रमाणित गरेका छन् । 

मंगलबार सभामुख सापकोटाले विभिन्न समयमा पारित भएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा आउनेछन् । 

सभामुखले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९/८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरे ।