close

मुख्यमन्त्री राउतसहितको टोलीले बुझायो, प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतालाई ज्ञापनपत्र

मुख्यमन्त्री राउतसहितको टोलीले बुझायो, प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतालाई ज्ञापनपत्र

Trulli
ADVERTISEMENT

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितको टोलीले प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेतालाई ज्ञापनपत्र बुझाएको छ । 

प्रदेश सरकारको स्थायी संरचना निर्माण तथा प्रहरी समायोजनका लागि सो टोलीले प्रधानमन्त्रीसहित गठबन्धनका नेतालाई ज्ञापनपत्र बुझाएको हो । 

प्रदेशको नामकरण तथा राजधानी घोषणा भइसकेको भन्दै अस्थायी रूपमा प्रदेश सरकारलाई दिइएको संरचनालाई स्थायी रूपमा हस्तान्तरण गरिदिन मुख्यमन्त्री राउतले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई ज्ञापनपत्र बुझाएको हो । 

मुख्यमन्त्री राउतले नेपालको संविधानको धारा २६८ ले प्रदेश प्रहरी संगठनको व्यवस्था गरेको तथा अनुसूची ६ मा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षासम्बन्धी अधिकार प्रदेश सरकारको एकल अधिकार सूचीभित्र रहेकाले आगामी निर्वाचनअगावै प्रहरी समायोजन गरिदिन अनुरोध गरेका  छन्।

‘प्रहरी समायोजन ऐन तथा नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरिवेक्षण र समन्वय सम्बन्धी व्यवस्था गर्न संघीय ऐन समेत बनिसकेको छ। अतः कानुनी व्यवस्थाको आधारमा अगामी निर्वाचनअगावै नै प्रहरी समायोजन गरी हस्तान्तरण गर्न तथा जिल्ला प्रशासनलाई प्रदेश सरकार मातहत ल्याउन आवश्यक निर्णय तथा निर्देशन दिई पहल गरी दिनुहुन सादर अनुरोध छ,’ मुख्यमन्त्री राउतले बुझाएको ज्ञापनपत्रमा लेखिएको छ।