close

नागरिक विधेयकका केही प्रावधान सच्याउनुपर्छ : गौतम

नागरिक विधेयकका केही प्रावधान सच्याउनुपर्छ : गौतम

Trulli
ADVERTISEMENT

काठमाडौं ।  राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वैवाहिक अंगीकृत नागरिकता लिन चाहने विदेशी महिलाले आफ्नो देशको नागरिकता त्यागेको हुनुपर्ने बताएका छन् । 

राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताएका हुन् । 

सरकारले नागरिकता विधेयक ल्याएर सरकारले ठिक गरेको भए पनि केही  प्रावधान सच्याउनुपर्ने बताएका छन् । 

‘हाम्रो देशमा वैवाहिक अंगीकृत नागरिकताको सम्बन्धमा अहिले जे व्यवस्था आएको छ, त्यो व्यवस्था थोरै केही कुराहरू सच्याउनु पर्छ । सच्याउनु भनेर भनेको उनले नागरिकता परित्याग गर्नको निम्ति प्रक्रिया सुरु गरेको सम्बन्धित निकायबाट, भारतको सम्बन्धित निकायबाट कुनै प्रमाण–पत्र लिएर आउनुपर्छ । मैले त्यो प्रक्रिया सुरु गरेको छु भनेर भन्ने मात्रै होइन, उनले प्रक्रिया सुरु गरोस् । र त्यो प्रक्रिया सुरु भएको कागजपत्र लिएर आएपछि उनले पाउनुपर्छ । यो नेपाली जनताको विशेष अवस्था हो । आधा भन्दा धेरै जनसंख्या बसेको तराईको समस्या हो । यो समस्या समाधान गर्नका निम्ति अहिले सरकारले जे व्यवस्था गरेको छ, ठीक गरेको छ । यसमा केही–केही सच्याउनुपर्ने विषय छ । त्यो सच्याउने काम गरोस् ।’