close

संसदीय समितिलाई गृहको जवाफ : सिसिटिभीको फुटेज १६ दिनभन्दा बढी रहँदैन

संसदीय समितिलाई गृहको जवाफ : सिसिटिभीको फुटेज १६ दिनभन्दा बढी रहँदैन

Trulli
ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयले सिंहदरबारले संसदीय सुनुवाइ समितिलाई सिसिफुटेज १६ दिनभन्दा बढी नरहने भनी जवाफ पठाएको छ।

समितिले सिंहदरबार प्रवेशद्वार पश्चिम  र दक्षिण गेटको सिसिटिभी फुटेजको सिसिटिभी फुटेज माग गरेपछि गृहले समितिलाई यस्तो जवाफ दिएको हो ।

पूर्वअर्थमन्त्री जनार्दन शर्माको छानबिन पेचिलो बन्दै गएको बेला  समितिले साउन ८ गते सिंहदरबारको दक्षिण र पश्चिम गेटको सिसिटिभी फुटेज मगाउने निर्णय गरेको थियो ।

यसअघि अर्थमन्त्रालयले पनि संसदीय सुनुवाइ समितिलाई सिसिटिभी फुटेज १३ दिनभन्दा बढी नरहने भनी जवाफ दिएको छ । 

गृहमन्त्रालयका प्रवक्ता फडीन्द्रमणि पोखरेलले जवाफ गोप्य रहने बताए । आफूहरूले पत्र पठाइसकेको बताउँदै उनले यसबारे केही पनि बोल्न नमिल्ने बताए । 

सिसिटिभी जडान तथा सञ्चालन कार्यविधि २०७५ अनुसार सिसिटिभी फुटेज ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । गृहले तयार पारेको कार्यविधि अनुसार अति सुरक्षित र संवेदनशील माथिको सिंहदरबारमा पनि कतै १३ दिन त कतै १६ दिन मात्रै सिसिटिभी फुटेज रहने गरेको छ ।