close

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनसक्ने आयुक्तको संकेत

आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुनसक्ने आयुक्तको संकेत

Trulli
ADVERTISEMENT

काठमाडौं  ।  निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन सक्ने बताएका छन्  ।

आयोगले गरेको पत्रकार सम्मेलनमा आयुक्त थपलियाले मंगलबार यस्तो संकेत गरेका हुन् ।

उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले सम्पूर्ण तयारीसहित मिति सिफारिस गरिसकेको जानकारी गराए ।

आयोगको परामर्शमा सरकारले मिति तय गर्ने कानुनी व्यवस्था अनुसार सरकारले मिति तोक्ने बताए  । उनले आउँदो मन्त्रिपरिषद् बैठकबाट मंसिरको ४ गते निर्वाचन हुनेगरी मिति तोकियो भने आश्चर्य नमान्न आग्रह गरे ।