close

नागरिकता संशोधन विधेयक फिर्ताको माग गर्दै प्रदर्शन

नागरिकता संशोधन विधेयक फिर्ताको माग गर्दै प्रदर्शन

Trulli
ADVERTISEMENT

काठमाडौं ।नागरिकता संशोधन विधेयक फिर्ताको माग गर्दै स्वतन्त्र युवाहरूको प्रदर्शन गरेका छन् ।बुधबार बिहान स्वतन्त्र युवाले माइतीघरमा नागरिकता विधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘सकेन बा सकेन’, ‘विदेशी दलालीसँग सकेन’, ‘आयो–आयो सस्तोमा नागरिकता आयो’, ‘मात्र सय तीनवटा’, ‘ए हजुर कता सस्तोमा नागरिकता यता’जस्ता नारा लगाएका नारा थिए । 

साथै, ठेलागाडामा राखेर नागरिकता बेच्न खोजिएको, राष्ट्रलाई दूरगामी असर पार्न खोजिएको लगायत आशंका उनीहरूको छ । 

व्याङ्ग्यात्मक प्रदर्शनसमेत गरेका युवाहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको कार्टुनसमेत प्रदर्शन गरेका थिए । 

त्यसैगरी, विधेयकमा महिलामाथि विभेद गरिएको उनीहरूको आरोप छ । प्रतिनिधिसभाबाट विवादित नागरिकता संशोधन विधेयक पारित भएपछि देशभर विरोध भइरहेको छ ।