close

सर्वोच्चमा ६ न्यायाधीश नियुक्त

सर्वोच्चमा ६ न्यायाधीश नियुक्त

Trulli
ADVERTISEMENT

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन् । संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार राष्ट्रपतिले उनीहरूलाई नियुक्त गरेका हुन् । 

नियुक्त हुनेहरूमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेक प्रसाद ढुंगाना, सुनील कुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् । 

न्यायपरिषद्ले उनीहरुको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिबाट बुधबार नै अनुमोदन भएको थियो ।