close

प्रकाशित खबरलाई लिएर गाउँपालिका अध्यक्षले दिएको धम्कीप्रति अनलाइन पत्रकार संघको आपत्ति 

प्रकाशित खबरलाई लिएर गाउँपालिका अध्यक्षले दिएको धम्कीप्रति अनलाइन पत्रकार संघको आपत्ति 

Trulli
ADVERTISEMENT

काठमाडौं - सामाजिक सुरक्षा भत्ता चोरी भएको विषयमा खबर प्रकाशन गरेको भन्दै नुवाकोटको पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले पालिकाखबरडटकमलाई दिएको धम्कीप्रति अनलाइन पत्रकार संघले गम्भीर आपत्ति जनाएको छ । 


गत २४ चैतमा गाउँपालिकाको वडा नम्वर २ कार्यालयवाट भत्ताको ५० लाख र वडा कार्यालयमा भएको ३ लाख रुपैयाँ गरी ५३ लाख रुपैयाँ रहस्यमय ढंगले चोरी भएको विषयमा पालिकाखबरले निरन्तर खबर प्रकाशन र प्रशारण गरेपछि अध्यक्षले कानुनीसँगै जुनसुकै उपचार खोज्ने भन्दै विज्ञप्ति नै जारी गरेर धम्की दिएका थिए । 

 

हेर्नुहोस् खबरहरु 

सामाजिक सुरक्षा भत्ताको ५३ लाख रुपैयाँ वडा कार्यालयबाटै गायब

भत्ता चोरीमा प्रशासकीय अधिकृतदेखि पालिका अध्यक्षसम्म शंकाको घेरामा

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरण: शंकाको सुई प्रमुख प्रशासकीय अधिकृततिर सोझिँदै (भिडियो खबर)

गाउँपालिका अध्यक्षको विज्ञप्तिः गाली-बेइज्जतीका लागि तयार भएर बस्नू !

पञ्चकन्याका प्रमुख प्रशासकीय अधिकृत पुडासैनीलाई मन्त्रालय तानेर निलम्बनको तयारी

 
खबर प्रकाशन गरेको विषयमा पालिका अध्यक्षले विज्ञप्ति नै निकालेर जे सुकै गर्नसक्ने भन्दै दिएको धम्कीले प्रेस स्वतन्ता र पत्रकारको सुरक्षामा गम्भीर प्रश्न उठेको संघको विज्ञप्तिमा उल्लेख छ । 


पालिकाखबरडटकम र दैनिकी डटकममा सो गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको ५० लाख रुपैयाँ र वडा नं २ सँग रहेको ३ लाख रुपैयाँ गरी जम्मा ५३ लाख रुपैयाँ नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं २ बाट हराएको सम्बन्धी खबर प्रकाशन प्रसारण भएको थियो । 

 

संघले रकम चोरी भएको सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसँग ती अनलाइन संचारमाध्यमले आवश्यक कुरा गरी उनीहरुको भनाई पनि समावेश भएको, रकम हराएको सन्दर्भमा गाउँपालिले प्रहरी प्रशासनलाई खोजी गर्न आग्रह गर्दै पत्राचार गरेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि चासो देखाएको समाचारबाट पुष्टि हुने भन्दै धम्की निन्दनीय भएको बताएको हो । 

'गाँउपालिकाका अध्यक्ष तामाङले प्रेस विज्ञप्ति मार्फत ‘पालिका खबर डटकम र दैनिकी डटकम मार्फत हामी प्रति हुन पुगेको मानहानी विरुद्ध कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको र सोको प्रतिवादको तयारी अवस्थामा रहनुहुन निज मिडियाहरुलाई चुनौति पेश गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछौं’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेका छन्,' संघका अध्यक्ष शिब प्रसाद सत्यालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । 
 

अध्यक्ष तामाङको सो विज्ञप्तिमा उल्लेख भएको ‘कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको’ भन्ने भनाईले पत्रकार र संचारमाध्यममाथि नै जुनसुकै प्रकारको अक्रमण हुन सक्ने डर  भएको भन्दै विज्ञप्तिमा भनिएको छ, 'प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे त्यसको न्यायिक निरुण गर्ने प्रक्रियागत तथा कानुनी उपचार हुँदाहुँदै ‘जुनसुकै तबरले उपचार खोज्ने’ अध्यक्ष तामाङको धम्कीले प्रेस स्वतन्त्रता, विधिको शासन तथा कानुनी राजमाथि नाङ्गो हस्तक्षेप हुने र समाचार लेखेकै आधारमा पत्रकारमाथि भौतिक आक्रमण हुनेसम्मको खतरा देखिएकोले त्यस्तो धम्की दिने अध्यक्ष तामाङमाथि कारबाही गरी स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, कानुनी राज र विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन हामी संघीय सरकार समक्ष जोडदार माग गर्दछौं ।'

 

यस्तो छ प्रेस विज्ञप्ति


प्रकाशित समाचारको विषयलाई लिएर नुवाकोट जिल्लास्थित पञ्चकन्या गाउँकालिकाका अध्यक्ष तेजबहादुर तामाङले समाचार प्रकाशन प्रसारण गर्ने संचारमाध्यम र सोमा कार्यरत पत्रकारलाई दिएको धम्कीप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

२०७८÷०२÷२६ गते पालिकाखबर डटकम र दैनिकी डटकममा सो गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न बैंकबाट झिकेर ल्याएको ५० लाख रुपैयाँ र वडा नं २ सँग रहेको ३ लाख रुपैयाँ गरी जम्मा ५३ लाख रुपैयाँ नुवाकोटको पञ्चकन्या गाउँपालिकाको वडा नं। २ बाट हराएको सम्बन्धी समाचार प्रकाशन प्रसारण भएको थियो । यसरी रकम चोरी भएको सन्दर्भमा सम्बन्धित पालिकाका अध्यक्ष र प्रमुख पशासकीय अधिकृतसँग ती अनलाइन संचारमाध्यमले आवश्यक कुरा गरी उनीहरुको भनाई पनि समावेश गरेको थियो । सो रकम हराएको सन्दर्भमा गाउँपाकिाले प्रहरी प्रशासनलाई खोजी गर्न आग्रह गर्दै पत्राचार गरेको र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि चासो देखाएको समाचारबाट पुष्टी हुन्छ ।

तर, आफ्नो पालिकाबाट रकम हराएपछि सो सम्बन्धी समाचार प्रकाशन प्रशारण गरेकै कारण गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङले सचारमाध्यम र पत्रकारलाई धम्की दिएका छन् । गाँउपालिकाका अध्यक्ष तामाङले प्रेस विज्ञप्ति मार्फत ‘पालिका खबर डटकम र दैनिकी डटकम मार्फत हामी प्रति हुन पुगेको मानहानी विरुद्ध कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको र सोको प्रतिवादको तयारी अवस्थामा रहनुहुन निज मिडियाहरुलाई चुनौति पेश गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछौं’ भनेर धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् ।

अध्यक्ष तामाङको सो विज्ञप्तिमा उल्लेख भएको ‘कानुनी लगायत अन्य जुन सकै तबरले उपचार खोज्न आफू तयार रहेको’ भन्ने भनाईले पत्रकार र संचारमाध्यममाथि नै जुनसुकै प्रकारको अक्रमण हुन सक्ने डर हामीलाई लागेको छ ।

प्रकाशित समाचारको विषयमा चित्त नबुझे वा गुनासो रहे त्यसको न्यायिक निरुण गर्ने प्रक्रियागत तथा कानुनी उपचार हुँदाहुँदै ‘जुनसुकै तबरले उपचार खोज्ने’ अध्यक्ष तामाङको धम्कीले प्रेस स्वतन्त्रता, विधिको शासन तथा कानुनी राजमाथि नाङ्गो हस्तक्षेप हुने र समाचार लेखेकै आधारमा पत्रकारमाथि भौतिक आक्रमण हुनेसम्मको खतरा देखिएकोले त्यस्तो धम्की दिने अध्यक्ष तामाङमाथि कारबाही गरी स्वतन्त्र पत्रकारिता, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, कानुनी राज र विधिको शासन स्थापित गर्न तथा पत्रकारको भौतिक सुरक्षाप्रति संवेदनशील रहन हामी संघीय सरकार समक्ष जोडदार माग गर्दछौं ।

शिवप्रसाद सत्याल
अध्यक्ष