close

महिलाहरुलाई सीपमुलक तालिम प्रदान गर्दै उर्लाबारी

महिलाहरुलाई सीपमुलक तालिम प्रदान गर्दै उर्लाबारी

Trulli
ADVERTISEMENT

मोरङ– उर्लाबारी नगरपालिकाले  महिलाहरुको लागि विभिन्न तालिम प्रदान गर्ने भएको छ । नगरपालिकाले २० जना महिलाहरुलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गर्न लागेको हो । 

नगरपालिकाले प्रदान गरेका विभिन्न सीपको पहिलो र दोस्रो चरणाको तालिम लिएर ‘स्किल टेस्ट’ पास गरेका २० जनालाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गर्ने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख चन्द्रकला सुब्बाले बताइन् । सिलाई कटाई, ब्युटीपार्लर, ढाका बनाउने सिप सिकेर उद्यमी बनेका महिलालाई सो तालिम प्रदान गरिरे प्रशिक्षक बनाइने उनले बताइन् । गत वर्ष पनि २० जना उद्यमी महिलालाई नगरपालिकाले सो तालिम प्रदान गरेको थियो । 

लामो समयसम्म ढाका बुन्ने, सिलाई कटाई, ब्युटिपार्लर तालिम लिइसकेको महिलालाई एक महिना पुनर्ताजकी गरेर ‘स्किल टेस्ट’ गर्ने कार्यक्रम सञ्चालन गरिने उनले पालिकाखबरलाई बताइन् । यस आर्थिक वर्षमा ६० जना महिलाको ‘स्किल टेस्ट’ गरिने छ । 

नगरपालिकाले तालिम मात्र नभइ व्यवसाय सञ्चालनको लागि महिलाहरुलाई अनुदान समेत दिने गरेको उनले बताइन् । ‘हरेक वर्ष एउटा वडामा २० जनालाई सीप विकासको तालिम प्रदान गरेर ६० हजार उपलब्ध गराउछौँ,’ उनले भनिन् । 

नगरपालिकाभित्र महिलाहरुको ९८ वटा समिति रहेको उनले बताइन् । ‘एउटा समितिमा ३० देखि १०७ जनासम्म सदस्य हुनुहन्छ । उहाँहरुले ३ करोड रुपैयाँ बचत गर्नुभएको छ ।’ यस्ता समुहहरुलाई नेतृत्व विकास, उद्घोषण तालिम, हिंसासम्बन्धी तालिम प्रदान गर्ने गरिएको उनले जानकारी दिइन् । 

यस्तै नगरपालिकाले २२ ओटा विद्यालयमा कक्षा ९ र १० मा अध्ययन गर्ने किशोरीहरुलाई ‘उपमेयरसँग किशोरी कार्यक्रम’मार्फत लैंगिक हिंसा र कुरीतीसम्बन्धी तालिम प्रदान गरिने उनले बताइन् । उपप्रमुख र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाबाट कर्मचारी गएर तालिम प्रदान गरिने शाखा प्रमुख सुब्बाले जानकारी दिइन्