close

पनौतीमा अविवाहित महिलालाई मासिक भत्ता

पनौतीमा अविवाहित महिलालाई मासिक भत्ता

Trulli
ADVERTISEMENT

काभ्रेपलाञ्चोक– पनौती नगरपालिकाले अविवाहित महिलाहरुलाई मासिक भत्ता  दिँदै आएको छ । पालिकाभित्रका ३५ वर्ष पुरा भएर पनि विवाह नगरेका स्थानीय महिलालाई नगरपालिकाले मासिक रुपमा भत्ता उपलब्ध गराएको हो । 

अविवाहित महिलालाई मासिक रुपमा २ हजार रुपैयाँका दरले भत्ता दिने गरेको नगरपालिकाकी सहकारी शाखा अधिकृत तुलसी रानाले बताइन् ।  नगरपालिकाले अविवाहित, एकल महिला, सम्बन्ध विच्छेद भएका र श्रीमान बेपत्ता भएका महिलाहरुलाई २ हजारका दरले मासिक भत्ता दिने गरेको उनले पालिकाखबरलाई जानकारी दिइन् । एकल तथा अविवाहित महिलाहरुको सहजताको लागि भत्ता उपलब्ध गराउँदै आएको उनको भनाई छ ।

नगरपालिकाले विसं २०७५ सालदेखि नै भत्ता दिदैँ आएको उनले बताइन् । २०८ जना महिलाहरु नगरपालिकाको सो सेवाबाट लाभान्वित भएको उनले बताइन् । नगरपालिकाले भत्ता उपलब्ध गराउन सामाजिक सूरक्षा शिर्षकमा ५४ लाख वजेट विनियोजन गरेको छ ।