close

त्रिपुरासुन्दरीमा महिलाहरुले सुरु गरे सामूहिक काम अभियान

त्रिपुरासुन्दरीमा महिलाहरुले सुरु गरे सामूहिक काम अभियान

Trulli
ADVERTISEMENT

धादिङ– खेतालाको समस्या भोगिरहेका त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ५ का महिलाहरुले  सामूहिक कामको थालनी गरेका छन् । धान काट्ने, कोदो टिप्ने, बारी खन्नेजस्ता काममा समूहका सबै सदस्यहरुले एक अर्काको काम गरेर उक्त अभियान सुरु गरेका हुन् ।

 

खेतालाको समस्या समाधान गर्न गरिब र एकजना मात्रै काम गर्ने मानिस भएका परिवारका लागि सामूहिक कामले सहयोग पुगेको उक्त काम गरिरहेको कन्यादेवी स्वाबलम्बी समूहका अध्यक्ष सुनिता श्रेष्ठले बताइन् । समूहमा रहेका २७ जनाले पालो गरेर सामूहिक काम गर्दा सबैका समस्या समाधान गर्न सहज भएको बताइएको छ । 

 

हेफर नेपाल र त्रिपुरासुन्दरी गाउँपालिकाको सहयोगमा सहयात्री समाज नेपालद्वारा कृषि तथा पशुउद्यमशिलता विकास परियोजना अन्तरगत रहेको कन्यादेवी स्वाबलम्बी समूहले सामूहिक काम सुरु गरेको हो । आर्थिक अवस्था कमजोर भएका र खेताला लगाउन नसक्नेहरुका लागि सामूहिक काम गर्ने तरिकाले गर्दा खेताला लगाउन नसकेर खेती गरिएको उत्पादन भित्र्याउन समेत नसक्ने अवस्था हुने गरेको थियो । सामूहिक काम थालेपछि समूहका सबैले काम गर्ने र श्रमको सम्मान भएको समूहका अध्यक्ष श्रेष्ठको भनाइ छ ।