close

युवकको मृत्यु भएपछि मापदण्डविपरित सञ्चालित स्विमिङ पुल बन्द

युवकको मृत्यु भएपछि मापदण्डविपरित सञ्चालित स्विमिङ पुल बन्द

Trulli
ADVERTISEMENT

भैरहवा । मापदण्डविपरित खोलिएमो भैरहवास्थित पौवा होटलको स्विमिङ पुलको सेवा बन्द गरिएको छ ।

शुक्रबार पौवा होटलस्थित स्विमिङ पुलमा डुबेर स्थानीय सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का २७ वर्षीय  सुमित तुलाधरको मृत्यु भएको थियो । दुई साता अगाडि रातिको समयमा सोही ठाँउमा एक युवकको डुबेर मृत्यु भएको थियो । 

स्थानीय तथा परिवारले शनिबार बिहान जिल्ला प्रहरी कार्यालय पुगेर प्रशासनलाई घटनाबारे ध्यानाकर्षण गराएका थिए । 
होटलबाट कुनै पनि प्रकारको सुरक्षाको काम नभएको भन्दै आक्रोशित  परिवारले यस्ता घटना दोहोरिन नदिनका लागि सबै स्विमिङ पुल मापदण्ड पूरा गरेर मात्रै सञ्चालनमा  ल्याउनु पर्ने माग गरेका छन् ।

प्रहरी र प्रशासनको टोलीले उक्त पुलको अनुगमन गरी सुरक्षा मापदण्ड नभएरको भेटिएको भन्दै तत्कालका लागि बन्द गरेका हुन् ।