close

कैदीबन्दीलाई मतदानको हक दिन सर्वोच्चको आदेश

कैदीबन्दीलाई मतदानको हक दिन सर्वोच्चको आदेश

Trulli
ADVERTISEMENT

काठमाडौं । कारागारमा रहेका कैदी र बन्दीले पनि अब समानुपातिकमा मतदान गगर्न पाउने भएका छन् । 

सर्वोच्च अदालतले आगामी प्रतिनिधिसभामा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेसँगै उनीहरूले मताधिकार प्रयोग गर्न पाउने भएका हुन् ।

काठमाडौं स्कुल अफ लको प्रथम वर्षमा अध्ययनरत प्रदिक्षा केसी र निशान्त पोखरेलले दायर गरेको रिटमा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कैदीबन्दीलाई समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न आदेश गरेको हो । 

मताधिकारका लागि कैदीबन्दीको कैदीवादीहरूको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्न पनि सर्वोच्चले आदेश दिएको छ ।  प्रदिक्षा केसी र निशान्त पोखरेलले कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै रिट दायर गरेका थिए । 

आदेशमा भनिएको छ, 'असार १ गतेदेखि निर्वाचन आयोग मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य गरिरहेको हुँदा हाललाई आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि कैदीवादीहरूको मतदाता नामावली संकलन तथा अध्यावधिक गर्नु/गराउनू भनी अन्तरिम आदेश जारी गरिदिएको छ ।’