close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

हाल गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा सामान्यतादेखि पूर्ण बदली रही देशको बाँकी भू-भागमा आँशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्गसहित वर्षा भइरहेको छ। 

त्यस्तै, प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।