close

स्रोतमै फोहोरको वर्गीकरण नगरे ५०० जरिवाना

स्रोतमै फोहोरको वर्गीकरण नगरे ५०० जरिवाना

Trulli
ADVERTISEMENT

काठमाडौं । फोहोर व्यवस्थापनलाई थप प्रभावकारी बनाउनका लागि काठमाडौं महानगरपालिकाले आजदेखि स्रोतमा नै वर्गीकरण गरिएको फोहोर मात्र सङ्कलन गर्न थालेको छ । 

यसका लागि महानगरले एक महिनाअघि नै सूचना सार्वजनिक गरेको थियो । नगर प्रमुख बालेन्द्र साह फोहोर व्यवस्थापन कार्यमा सहयोग गरिदिन आग्रह गर्दै नागरिकको घरदैलोमा पुगेका थिए । 

आज महानगरका ३२ वटै वडाबाट यस किसिमको अभ्यास सुरु गरिएको हो । कुहिने र नकुहिने फोहोरलाई फरक-फरक राखे व्यवस्थापनमा ठूलो सहयोग हुने विश्वास महानगरको छ  ।  

महानगरले सङ्कलित फोहोर उठाउनका लागि दिन तय गरेको छ ।  यसअनुसार पहिलो रुटमा आइतबार र बुधबार कुहिने फोहोर सङ्कलन गरिनेछ भने मङ्गलबार र शुक्रबार नकुहिने फोहोर उठाइनेछ । 

यसरी सङ्कलन गरिएको फोहोरको प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पनि छुट्टाछुट्टै व्यवस्थापन गरिनेछ । महानगरको आग्रहलाई बेवास्ता गरी एकै स्थानमा राखिएको फोहोर व्यवस्थापनका लागि लगेमा ५०० रुपैयाँ जरिवाना गरिने छ । 

जैविक फोहोरबाट गड्यौले वा कम्पोष्ट मल बनाएर कौसी तरकारी वा करेसाबारीमा प्रयोग गर्न महानगरको अनुरोध छ । कुहिने तर पुनःप्रयोगमा आउनसक्ने फोहोरलाई पुनःप्रयोग गर्न सकिन्छ । पुनः चक्रिय फोहोर सङ्कलकलाई बेचेर आयआर्जन गर्नेतर्फ ध्यान दिन महानगरले नागरिकसमक्ष आग्रह गरेको छ ।