close

बालाजुमा आगलागी, निभाउने प्रयास जारी

बालाजुमा आगलागी, निभाउने प्रयास जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौंको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजु बाइपास नजिकको एक जुत्ता कारखानामा आगालागी भएको जानकारी दिए । 

अहिले उक्त स्थानमा प्रहरी टोली पुगिसकेको छ । यस्तै आगालागी नियन्त्रणमा लिन दमकलको समेत प्रयोग भइरहेको प्रहरीले जनाएको छ ।