close

यस्तो छ आजको मौसम

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थान भन्दा दक्षिणमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अहिले (बुधबार बिहान) देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम, गण्डकी प्रदेशका एक-दुई स्थानमा   मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि संभावना छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित भारी वर्षाको पनि संभावना छ ।