close

अमेरिकी उपसहायक विदेशमन्त्री काठमाडौं आइपुगिन्

अमेरिकी उपसहायक विदेशमन्त्री काठमाडौं आइपुगिन्

Trulli
ADVERTISEMENT

काठमाडौं । संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुगेकी छन् । 

भ्रमणको क्रममा उनले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्नुहुने यहाँस्थित दूताबासले जनाएको छ । यसैगरी भेटघाटका क्रममा उनले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे हुने छलफलमा पनि सहभागी हुनेछिन् । 

भ्रमणका क्रममा उनले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनःस्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्ने बताइएको छ ।