close

मन्दिरमा पसेको भन्दै कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

मन्दिरमा पसेको भन्दै कुटपिट गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Trulli
ADVERTISEMENT

बाजुरा । दलित समुदायका व्यक्तिमाथि कुटपिट गरेको आरोपमा एकजना वडाध्यक्ष पक्राउ परेका छन्।

त्रिवेणी नगरपालिका-७ का वडाध्यक्ष जुद्धबहादुर ऐडी कुटपिटको आरोपमा पक्राउ परेका हुन्। उनीमाथि बाजुराकै बुढीगंगा नगरपालिकाका टीकाराम सुनारलाई कुटपिट गरेको आरोप छ।

बुधबार त्रिवेणी-७ को नाटेश्वरी मन्दिरमा नवरात्रीको पूजा गर्न प्रवेश गरेको भन्दै टीकाराममाथि कुटपिट भएको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।