close

पूर्वसांसद राईले कर्मचारीलाई 'समाप्त पारिदिने' धम्कीको कारण पेट्रोलको कुपन

पूर्वसांसद राईले कर्मचारीलाई 'समाप्त पारिदिने' धम्कीको कारण पेट्रोलको कुपन

Trulli
ADVERTISEMENT

धनकुटा । आज बिहानै पूर्वसांसद राजेन्द्र राईले पाख्रीबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत  प्रकाशराज पौडेललाई ज्यान लिने धम्की दिएको अडियो सार्वजनिक भयो ।

तर अडियो सुन्दा कारण थाहा नभए पनि पालिकाखबरले उक्त अडियोको कारण खोजी गर्ने क्रममा कारक तेलको कुपन भएको खुलेको छ । 

स्रोतका अनुसार गत भदौ २१ गते नगरपालिकामा रहेको महावोधी पेट्रोलियम सप्लायर्स प्रालिले भुक्तानीको माग गर्दै नगरपालिकामा निवेदन दिएको थियो । 

पाख्रीबास नगरपालिकाको अनुरोध बमोजिम भदौ २० गतेसम्ममा प्रयोग भएको तेलको रकम भुक्तानी मागेको थियो । जसमा नगरपालिकाले पाँच लाख ३३ हजार ४५१ रुपैँयाको भ्याट बील नगरपालिकालाई सप्लायर्सले पठाएको थियो । 

यही विषयमा नगरपालिकाले बैठक राख्यो । नगरपालिकाको बैठकपछि नगरपालिकाको मेयरले महाबोधी सप्लायर्सको नाममा चिठी लेख्दै नगरप्रमुख ज्ञानबहादुर गुरुङको हस्ताक्षरको अर्धकट्टी, चिट वा आदेशबिना नगरपालिकाको कुनै पनि जनप्रतिनिधि तथा कर्मचारीलाई नदिने निर्देशन दियो । असोज १२ गते सप्लायर्सले अध्यक्षको अनुमतिबिना तेल दिएमा आफै जवाफदेही हुनुपर्ने भनेको थियो । 

तेल लिन मेयरकै अनुमति मेयरको नै चाहिने भएपछि यो कुरामा उपमेयर असन्तुष्ट भएकी थिइन् । उपमेयरले निवर्तमान सांसद राजेन्द्र राईलाई गुनासो गरेपछि राईले मेयरलाई फोन गरे । तर मेयरले फोन नउठाएपछि प्रमुख प्रशासकीय अधिकृतलाई फोन गरेर समाप्त पारिदिने भन्दै धम्क्याएको अडियो सार्वजनिक भएको छ । 

पौडेलले आफू असुरक्षित भएको भन्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् । भने उनी उत्कृष्ट निमामति सेवा पुरस्कारबाट हालै पुरस्कृत कर्मचारी हुन् ।