close

खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङमा गुडिरहेको बसमा आगलागी

Trulli
ADVERTISEMENT

खोटाङ । काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको यात्रुवाहक बसमा आगलागी भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बा ३ ख ८९८१ नम्बरको बसमा शनिबार दिउँसो आगलागी भएको हो । 

बसमा दशैं मनाउन घर फर्किएका करीब ४० यात्रुले भागेर ज्यान जोगाएका छन् ।