close

आज सामान्य तथा भोलि भारी वर्षाको सम्भावना

आज सामान्य तथा भोलि भारी वर्षाको सम्भावना

Trulli
ADVERTISEMENT

काठमाडौं । बंगालको खाडीमा विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव उत्तरपश्चिमीतर्फ सर्दै जाने क्रममा त्यसको असर नेपालमा परेकाले आज र भोलि मौसम प्रतिकुल हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

आज नवमीको दिन दिउँसो प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने छ । 

असोज १९ गते दशैंको टीकाको दिन देशभर बादल लाग्ने र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने मौसम पूर्वानुनमान महाशाखाले जनाएको छ ।

नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख अर्थात् असोज १५ गते भए तापनि यस वर्ष मनसुन सरदर मितिभन्दा केही दिन ढिला बाहिरिने महाशाखाले जनाएको छ ।