close

जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध

जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध

Trulli
ADVERTISEMENT

बझाङ । सुख्खा पहिरो खसेपछि जयपृथ्वी राजमार्ग शनिबार बिहानैखेखि अवरुद्ध बनेको छ।

राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका-१ बालुवाटार (सुङ्गाल्ना) नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो। 

पहिरोका कारण शनिबार बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका यात्रुबाहक बस, मालबाहक ट्रक र जीपहरू रोकिएको प्रहरीले जनाएको छ। 

सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन सडक खुलाउन काम भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।