close

लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस

Trulli
ADVERTISEMENT

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज थुनछेक बहस जारी रहने भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुत्रबार थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । 

बुधबारको बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए ।  यता प्रतिवादीका तर्फबाट अधिवक्ताद्वय मुरारी सापकोटा र रोशनी पौडेलले बहस सकेका थिए । 

आजको बहसमा वरिष्ठ अधिवक्ताहरु रमणकुमार श्रेष्ठ, लवप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सबिता बराल भण्डारी लगायतले बहस गर्ने तयारी छ ।

लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा गत कातिक १४ गते मुद्दा दायर भएको थियो ।