close

जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु

जीप दुर्घटना हुँदा एकै परिवारका ६ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

पाल्पा- रानीमहल नजिकै जिप दुर्घटना हुँदा एकै परिवारका ६ जना मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरूमा तीन महिला, एक पुरूष र दुई बालक छन् । 

मृत्यु हुनेमा पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १६ रजहरका ६५ वर्षीय कृष्ण बहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना धिताल, नातिहरू ११ वर्षीय सोबिस धिताल र अर्का साढे दुई वर्षका छन्।

दुर्घटनामा परी कृष्णबहादुरका आफन्त ५५ वर्षीया चुना धितालको पनि मृत्यु भएको छ।